कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, उपत्यकामा १३८ संक्रमित थपिए

0
174

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको मन्त्रालयले बताएको छ ।

काठमाडौं उपत्यकामा बुधबार १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९ जना, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here