सिरहामा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु, याे संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुग्यो

0
192

सिरहा: सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास्सप्रश्वास सम्बन्धी समस्या भएपछि उनलाई बुधबार राति कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालले जनाएको छ ।

यसैबीच पर्सा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतलामा बिहीबार बिहान मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । बाराको प्रसौनी २ का ६५ वर्षीय र जीतपुर सिमरा ४ औराहाका ५० वर्षीय पुरुषको बिहीवार बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here