पर्सा, बारा र महोत्तरीकामा थप ४८ जनामा कोरोना संक्रमण

0
191

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र महोत्तरीका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् । संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र महोत्तरी जिल्लाका २ जना छन् । संक्रमितहरु हुनेहरुमा नारायणी अस्पताल कि एक चिकित्सक, चार कर्मचारी, तीन सरसफाई कर्मचारी र तीन जना पाले पनि रहेका छन् ।

वीरगन्ज स्थित रहेको भारतीय महावाणिज्य दुतावासका ३२ वर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । त्यसैगरी वीरगन्जको श्रीपुरका, घडीअर्वा, छपकैया, राधेमाइ लगायतका क्षेत्रका ब्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बिश्रामपुरका एक जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको जलेश्वरका एक बालक र महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here