नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना संक्रमण

0
151

काठमाडौ । राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । फिफा विश्वकप छनोटअन्तर्गत बन्दसत्रका लागि बोलाइएकाहरुको स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । चौतिसि खेलाडीसहित चौउन्न जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि पाटन अस्पतालले जनाएको छ ।

हिजो त्रिपन्न जनाको रिपोर्ट नेगेटिभ र एक जनाको शंकास्पद आएको थियो । शंकास्पद मानिएका खेलाडीको पुन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । खेलाडीहरु साउन सत्र गतेदेखि बन्द प्रशिक्षणमा थिए । छनोट चरणका खेलहरु २०२१ सम्मका लागि स्थगित गरेपछि एन्फाले खेलाडीलाई घर फर्कन अनुमति दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here