काठमाडौंमा थपिए ९८ कोरोना संक्रमित

0
164

काठमाडौं उत्यकामा ९८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि भएको जनाए।

संक्रमितमध्ये काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

आजैमात्र कोरोनाका चार सय ६८ जना संक्रमित भेटिएका छन्। यीसहित अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ।

त्यस्तै, १०२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here