बुटवलमा ३ अधिकृतसहित १६ जनामा कोरोना संक्रमण

0
145

बुटवल उपमहानगरपालिकाका तीन अधिकृतसहित बुटवलमा आइतबार १६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार उपमहानगरपालिकाका दुई जना शाखा प्रमुख हुन् भने र एकजना अधिकृतस्तरका सहायक शाखा प्रमुख हुन्।

त्यस्तै आइतबार कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेको सिंहले जानकारी दिए।

देवीनगर र कालिकानगरका १३ जना संक्रमित पनि पारिवारिक नातेदार रहेको उपमहानगरपालिकाले जनाएको छ।

बुटवलमा पहिलो पटक यति धेरै संक्रमित थपिएको सिंहले बताए।

यो संख्यासँगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ। तीमध्ये ५६ जना सक्रिय संक्रमित छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएको उपमहानगरपालिकाले जनाएको छ।

१९ वटा वडा रहेको बुटवलमा वडा नं. ११ का १८ जना संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here