धनुषामा मृत्युपछि एक जनालाई कोरोना पुष्टि भएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्यु भएको २ दिनपछि कोरोना पुष्टि भएको हो।
शनिबार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्न पठाइएकाेमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
सुगरकाे मात्रा उच्च रहेका उनलाई अक्सिजन कम भएपछि शुक्रबार जनकपुरधामको काव्या हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भएकाे थियाे। शनिबार बिहान ८ बजे उनको मृत्यु भएको हाे।
मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको प्रशासक झाले बताए।