काठमाडौं : भारतबाट आएका इलामका २२ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको छ । सूर्योदय नगरपालिकास्थित करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनमा बसिरहेका युवकको गएराति मृत्यु भएको हो ।
स्वासप्रस्वासको समस्याका कारण उनको मृत्यु भएको बताइएको छ । मृतक सूर्योदय नगरपालिका ९ का बासिन्दा हुन् । उपचार नपाएर युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले भने विरोध जनाएका छन् ।
उनी साउन २६ गते भारतको हैदरबादबाट फर्के लगत्तै क्वारेन्टिनमा बसेका थिए । साउन तीस गते स्वाब संकलन गरिएपनि उनको पीसीआर रिपोर्ट अझै आएको छैन ।