वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

0
153

वीरगञ्जमा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिकाको भिस्वा बस्ने ५७ वर्षीय पुरूष र विर्ता बस्ने ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो।

नेपाल टेलिकमका कर्मचारीसमेत रहेका ५७ वर्षीय पुरूषको मंगलबार अपरान्ह नारायणी अस्पतालमा मृत्यु भएको थियो।

अर्का वृद्धको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड-१९ फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।

उनीहरू दुबै जनाको मृत्युपश्चात् कोरोना पोजेटिभ देखिएको हो।

मंगलबार राति गरिएको परीक्षणका क्रममा पर्साका १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here