बैतडीमा हाइस दुर्घटना सात जना घाइते, दुई गम्भीर

0
130

बैतडी : बैतडीमा हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका-६ लामाखेतमा बुधबार साँझ हाइस दुर्घटनामा परेको हो। घाइते भएका सात जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक बीरभद्र खडायतले जानकारी दिए।

चालकसहित १८ जना सवार रहेको हाइस दुर्घटना हुँदा साहु डडेल्धुराको अमरगढी नगरपालिका- ७ का शेर बहादुर शाह र दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का बिस्ना जोशी गम्भीर घाइते भएका छन्।

दुर्घटनामा दार्चुलाको शैल्यशिखरकै ३९ वर्षीय नवराज जोशी, ४२ वर्षीया लक्ष्मी जोशी, ३९ वर्षीय जयदेव जोशी, ४२ वर्षीय पल्लभ जोशी पनि घाइते भएका छन्। घाइतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ। उनीहरुलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ। अन्य घाइतेहरुको पाटनमा उपचार भइरहेको छ।

कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको बा ३ ख ९११७ नम्बरको हाइस दुर्घटनामा परेको हो। हाइस सडकबाट २० मिटर तल खसेको छ।
दुर्घटनामा परेको हाइस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here