भक्तपुरमा थपिए ५० कोरोना संक्रमित, एक जनाको मृत्यु

0
117

भक्तपुर, ६ भदौ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए अनुसार भक्तपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

तर, स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४९ जनाको मात्र नामावली कार्यालयमा प्राप्त भएको छ ।

जसमा सशस्त्र प्रहरी बलको दुवाकोटस्थित गुहेश्वरी गणमा कार्यरत २० जना रहेका छन् । स्रोतका अनुसार ती २० जना तराईबाट सरुवा भएर आएका थिए ।
अन्य कोरोना संक्रमितमा ८ जना भक्तपुर नगरपालिका, ५ जना सूर्यबिनायक नगरपालिका रहेका छन् ।

त्यसैगरी ३ जना पुनः परीक्षण गर्दा पोजेटिभ आएका व्यक्ति हुन् । १३ जना मध्यपुर थिमि नगरपालिकाका बासिन्दा रहेका छन् । भक्तपुरमा शनिबार थप १ जनाको मृत्यु भएको हो । शनिबार मृत्यु भएका कोरोना संक्रमित पुरुष सुर्यबिनायक नगरपालिका हुन् भने उनको ह्याम्स अस्पताल उपचारको उनको मृत्यु भएको हो । योसँगै भक्तपुरमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्लामा एकै दिन धेरै जनामा संक्रमण देखिएपछि निषेधाज्ञा पालनामा कडाई गरिने प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिइन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here