कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा झापाका ५८ बर्षिय पुरुष, पर्साकी ५६ बर्षिय महिला र सर्लाहीकी ३३ बर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित संगै यो भाईरसका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढ्दै गएको छ । यस अघि हिजो मात्रै भाइरसका कारण ९ जनाको मृत्यु भएको थियो । यस्तै, हिजो नेपालमा ६३४ जना कोरोना संक्रमित थपिएका थिए भने आज ८१८ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं, ७ भदौ । काठमाडौँ उपत्यकामा थप १६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो संख्या पछिल्लो २४ घण्टाको हो।
आइतबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२२ , ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना पुष्टि भएको हो।