पर्सामा थप ३४ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९ सय ४४ पुग्यो

0
204

वीरगन्ज : पर्सामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ६ महिला र २८ पुरुष गरी पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २० र पर्सागढि नगरपालिकाका १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ भिस्वाका १३ जना , वडा नम्बर ४ , ६ , ११ , १२ , १६ , २१, २४ का १/१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पर्सागढी नगरपालिकाको वडा नम्बर ८ का १४ जनामा संक्रमण भेटिएको श्रीवास्तवले बताए ।

आइतबार राती थप ३४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here