काठमाडाैंमा २२४ जनामा काेराेना संक्रमण पुष्टि

0
134

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here