ललितपुर : कोरोना संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र धनुषाका दुई पुरुष को मृत्यु भएको हो।
भदौ ६ गते अस्पतालमा भर्ना भएर उपचार गराईरहेका काठमाडौका ७४ वर्षका पुरुषको मृत्यु भएको हो। त्यस्तै साउन २५ गते देखि उपचाररत धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको हो।