कुलमानको कार्यकाल थपिएको समाचार तर वास्तविकता यस्ताे

0
148

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाएको खबरले सामाजिक सञ्जाल जुर्मुराएको छ । फेसबुक र ट्वीटरमा उनलाई बधाइ दिनेको ओइरो नै लागेको छ । तर यथार्थमा भने कुलमानलाई नियुक्ति गर्नेबारे विभागीय मन्त्रालय उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव नै लगेको थिएन ।

आगामी भदौ २९ गते कार्यकाल सकिन लागेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ ९ गते नै थप भएकोबारे सामाजिक सञ्जालमा हल्ला फैलिएपछि मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका एक मन्त्रीलाई यसबारे जिज्ञासा राखेको थियो । तर ती मन्त्रीका अनुसार आजको बैठकमा यसबारे कुनै छलफल नै भएको छैन ।

‘बैठकमा विभागीय मन्त्रालयबाट मन्त्रीले प्रस्ताव ल्याएको भए छलफल हुन सक्थ्यो, की प्रधानमन्त्रीले नै सिँधै प्रस्ताव ल्याउनुपर्छ’ ती मन्त्रीले भने, ‘आजको बैठकमा न विभागीय मन्त्रीले प्रस्ताव ल्याउनु भएको थियो, न प्रधानमन्त्रीले नै । अब प्रधानमन्त्रीले सिँधै प्रस्ताव नल्याएको अवस्थामा निर्णय हुने कुरै आएन, निराधार हल्ला फैलाईएको थाहा पाएपछि विभागीय मन्त्री नै चकित पर्नुभएको छ ।’

भदौ २९ आउन अझै झेडै ३ हप्ता नै बाँकी रहेकाले आजको मन्त्रिपरिषद्को बैठकमा यो विषय एजेन्डा नै नभएको एक मन्त्रीले बताएका छन् । प्रत्येक साता मन्त्रिपरिषद्का २ वटा बैठक बस्ने भएकाले भदौ २९ गतेसम्म अझै ६ वटा बैठक बस्न बाँकी नै रहेकाले प्राधिकरणको कार्यकारी निर्देशक छनौटमा अहिले नै हतारो नरहेको उर्जा मन्त्रालय स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here