भेन्टिलेटरमा उपचाररत् चितवनमाका कोरोना संक्रमित पुरूषको मृत्यु

0
194

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पुष्पाञ्जली अस्पतालमा उपचाररत् भरतपुर २ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।

ती पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो।

भदौ ८ गते उनको स्वाब लिई परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो।

भेन्टिलेटरको सहायतामा उपचाररत् उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर सन्दीप पाण्डेले जानकारी दिए।

मृतक लामो समयदेखि फोक्सोको, दमको बिरामी रहेको र अस्पताल भर्ना हुने समयमा पनि दुबै फोक्सोमा गम्भीर निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। ‌

योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। शुक्रबार बिहानमात्रै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक महिलाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here