२४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु, १६ सय १४ मा संक्रमण, १४ सय ३७ डिस्चार्ज

0
212

काठमाडौं : पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१६ हजार ७९३ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ। बिहीबार कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here