हवाई यात्रुका लागि साझाका बस चल्ने

0
462

वैशाख १६ देखि काठमाडौं उपत्यकामा लागू हुने निषेधाज्ञामा हवाई सेवा भने जारी रहने भएको छ।

निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको छ।

प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा परिचालन गर्ने निर्णय गरेको छ।

साझाका बसबाट यात्रुहरू गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ।

आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा आउजाउको सुविधा पनि दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here