काठमाडौं । काठमाडौंको गोंगबुमा टाउको र जिउ छुट्टा छुट्टै सुटकेशमा फेला परेको शवको पहिचान भएको छ ।
एक उच्च प्रहरी अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।
“शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्न सकिने अवस्था छैन । छिटै निष्कर्षमा पुग्छौं” उनले भने ।
आइतबार गोंगबुस्थित गणेशस्थान नजिक छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।
स्थानीयले सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सुटकेश खोलेर हेर्दा टाउको नभएको शव फेला परेको थियो ।
घटनास्थलमा लगिएको तालिमप्राप्त कुकुरले जेब्रे झोलामा केही पर टाउको फेला पारेको थियो ।