काठमाडौँमा १३३ जना काेराेना संक्रमित थपिए

0
111

मंगलबार काठमाडौँ उपत्यकाका १३३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १२ सय ७ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ११० जना, ललितपुरका १५ र भक्तपुरका ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका ४४ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ८३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here