दाङमा सेनाको बाहिनीका २९ जनामा कोरोना, प्युठानको गण पनि सिल

0
165

नेपाली सेनाको दाङस्थित १९ नम्बर बाहिनीका २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।

सैनिक स्रोतका अनुसारका प्युठानबाट तालिममा आएका एक जना सैनिकमा कोरोना पुष्टि भएपछि बाहिनीमा रहेकाको कोरोना परीक्षण गरिएको थियो।

बाहिनी अहिले सिल गरिएको छ।

स्रोतका अनुसार केही दिनअघि प्युठानबाट आएका ती सैनिक बाटोमै बिरामी परेका थिए।

बिरामी भएर बाहिनीमा आएका उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

उनलाई संक्रमण पुष्टि भएपछि प्युठानको सेनाको गण पनि सिल गरेर परीक्षण थालिएको छ।

ती सैनिकलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने अहिलेसम्म खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here